Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


अमेरिकी सेना धमाधम अफ्गानिस्तान छोड्दै


0
Shares

एजेन्सी । अफगानिस्तानको सरकार र सेनालाई जानकारी नगराई अमेरिकी सेनाको एउटा टुकडी स्वदेश फर्किएको छ ।

बाग्राम एयरबेसमा कार्यरत अमेरिकी सेनाहरु रातको समयमा सुटुक्क स्वदेश फर्किएका छन् । अमेरिकी सैनिक फिर्ता भएको खबर अफ्गानिस्तानको सेनाले केही घण्टा पछि मात्रै पाएको थियो ।

एयरबेसका नयाँ कमाण्डर असदुल्लाह कोहिस्तानीका अनुसार अमेरिकी फौज आफुहरुलाई पूर्व सूचना नदिइकनै एयरबेस छाडेर हिडेको छ ।

यस सैन्य शिविरमा एउटा कारगार समेत रहेको छ । उक्त कारागारमा अझै पनि ५ सयभन्दा बढी तालिवानी विदोहीहरु बन्दीको रुपमा रहेका छन् ।

अफ्गानिस्तनमा पछिल्लो सयम पकड जमाउँदै गएको तालिवान विद्रोहीले निकट भविष्यमै यो एयरबेसमा आक्रमण गर्ने अनुमान गरिएको छ ।

यसैबिच, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अफ्गास्तिानबाट अमेरिकी सेना स्वदेश फर्किने कार्य ९० प्रतिशत सम्पन्न भएको छ। राष्ट्रपति जो बाइडेनले यही सेप्टेम्बर ११ तारिखभित्र सबै अमेरिकी सेना फिर्ता हुने घोषणा गर्नुभएको थियो ।