Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


निषेधाज्ञा अवधिभर सवारी साधनको करमा जरिवाना नलाग्ने


0
Shares

काठमाडौं, असार २२ । सुदूरपश्चिम प्रदेशमा निषेधाज्ञा अवधिभर सवारी साधनको करमा थप जरिवाना नलाग्ने भएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले निषेधाज्ञा अवधिलाई शून्य समय मानेर सवारी दर्ता, सवारी चालक अनुमती पत्र तथा जाँचपास लगायत यातायात कार्यालयबाट दर्ता तथा नवीकरण गरिने कागजातको अवधि समाप्त भएपनि थप जरिवाना नलगाउने निर्णय गरिएको हो ।

निजी तथा सार्वजनिक सवारी पूर्ण रुपमा खुलेको मितिले १५ दिनभित्र बुझाउनुपर्ने कर, शुल्क, दस्तुर लगायत कागजात तथा प्रमाणपत्र बुझाएमा जरिवाना लाग्ने छैन ।

असार मसान्तपछि समेत निषेधाज्ञा कायमै रहेको खण्डमा सो विषयमा पछि नै थप निर्णय गरिने प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।