कञ्चनपुर । महाकाली नगरपालिकामा पर्याप्त जनशक्ति नहुंदा एउटै कोठाबाट चार वटा वडाको काम भैरहेको छ ।
१० वटा वडा रहेको नगरपालिकाकामा दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति नभएपछि १, २, ४ र ५ नम्बर वडाकोे काम एउटै कोठाबाट गर्नु परेको हो ।
साविकको चाँदनी गाविसको भवनमा संयुक्त रुपमा रहेको १, २, ४ र ५ को वडा कार्यालयमा अहिले दुई जना मात्रै वडा सचिव रहेका छन् ।
आवश्यकताअनुसार वडा सचिव नभएकाले एक्लैले ३ वटा वडा हेर्नु परेको वडा सचिव पूर्णबहादुर पुनमगरले बताए ।
यता सेवाग्राही भने आफ्नो वडा कार्यालयबाट पाउनुपर्ने सेवा सुविधाका लागि अर्कोे वडा धाउनु पर्ने दुखेसो पोख्छन् ।
वडा कार्यालय निर्माणका लागि नगरपालिकाले पहल नगर्दा आफूहरुलाई समस्या भएको उनीहरुको गुनासो छ ।








प्रतिक्रिया दिनुहोस्