
काठमाडौं, साउन १३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि विचार गरियोस् भनी प्रताव बहुमतले पारित गरेको छ ।
प्रस्ताव पारित भएपछि बसेको प्रतिनिधिसभाको बैठकमा सैद्धान्तिक विषयमा छलफल भएको छ । छलफलमा सांसदहरु खगराज अधिकारी, दिलेन्द्रप्रसाद बडु, सुजिता शाक्यलगायतले भाग लिएका थिए ।
यस्तै, आजको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्तुत गरे । बीमा विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्