Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


माओवादी केन्द्रका नेता महादेव यादवको निधन


0
Shares

काठमाडौ‌ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ।

लामो समयदेखि क्यान्सरबाट पीडित भएका ५७ वर्षीय यादवको सोमबार बेलुकी आफ्नै घरमा निधन भएको हो।

उहाँले २०३६ सालदेखि राजनीति सुरू गर्नु भएकाे थियाे । त्यस्तै २०४८ सालमा जनमोर्चाबाट बालबाखर गाविस उपाध्यक्ष हुनु भएकाे थियाे ।

यादवको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गर्नु भएकाे छ । प्रचण्डले शाेक वक्तव्य जारी गर्दै यादवको निधनले देश र पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै दुख व्यक्त गर्नु भएकाे छ ।

जनयुद्धमा सक्रियतापूर्वक सहभागी यादव सरल, जुझारू र क्रान्तिकारी योद्धा भएकाे वक्तव्यमा उल्लेख छ। यादवका श्रीमती, दुई छोरी र एक छोरा छन्।