Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


बक्सिङका सबै रेफ्री र निर्णायकमाथि प्रतिबन्ध


0
Shares

काठमाडौं । ब्राजिलमा सन् २०१६ मा भएको रियो ओलम्पिक खेलाउने बक्सिङका सबै रेफ्री तथा  निर्णायक प्रतिबन्धमा परेका छन् ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटिले गठन गरेको बक्सिङको विशेष कार्यदलले रियो ओलम्पिक खेलाएका सबै ३६ जना रेफ्री तथा  निर्णायकलाई कारवाही गरेको हो ।

उनीहरुले अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिक खेलाउन नपाउने भएका छन् ।

अन्तराष्ट्रिय बक्सिङ महासंघ (आईबा)बाट प्रमाणित रेफ्रीहरुको समुहबाट नयाँ मापदण्ड पूरा गर्नेहरुलाई टोकियो ओलम्पिकको लागि छानिनेछ ।

यसअघि आईबाले गठन गरेको छुट्टै समितिले रियो ओलम्पिक खेलाउने रेफ्रीहरुलाई उन्मुक्ती दिने प्रयास गरेको थियो ।

तर आइओसीले बेग्लै संयन्त्र बनाएर उनीहरुमाथि कारवाही गर्नाले रियो ओलम्पिकमा बक्सिङ खेलमा रेफ्री तथा  निर्णायकको भूमिका र खेलको निर्णयमै गम्भिर आशंका उब्जाएको छ । एजेन्सी