२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


बलात्कारपछि हत्या गरिएकी बालिकाको शव उठाउन अझै मानेनन् स्थानीय


0
Shares

कञ्चनपुर, साउन १३ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको शव अझै आफन्तले बुझेका छैनन् ।

बलात्कारपछि हत्या गरिएकी निर्मलाको शव महाकाली अञ्चल अस्पालमा राखिएको छ । दोषीलाई कारवाही नगर्दासम्म शव उठाउन नदिने अडान स्थानीयवासीले राखेका छन् ।

परिवारले शव उठाउन माने पनि स्थानीयले भने मेडिकल रिपोर्ट माग गरेका छन् । 

आन्दोलन र प्रदर्शनका नाममा तीन दिनसम्म पनि अन्त्येष्टी गर्न नदिएको भन्दै मृतकका मामा तीर्थ भण्डारीले शवमाथि राजनीति गर्न खोजिएको गुनासो गरे ।

पीडित पक्ष र प्रहरीबीचको सहमतिपछि आफन्त शव बुझ्न सहमत भए पनि स्थानीयवासी भने लिखित सहमति नभएको र मेडिकल रिपोर्ट देखाउनुपर्ने माग गरेका हुन् ।

गत शुक्रबार बलात्कार गरी उखुबारीमा फालिएको अवस्थामा बालिकाको शव फेला परेको थियो । शवको शुक्रबार बेलुका महाकाली अञ्चल अस्पतालमा पोष्टमार्टम गरिएको थियो । आइतबार पनि दिनभर प्रदर्शनकारीले नारावाजी गरेका छन् ।