Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


नेपालमा लगानी गर्न अष्ट्रेलियाका निजी क्षेत्र उत्सुक : राजदूत बड


0
Shares

काठमाडौं, मंसिर ४ । नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर ग्रेमी बडले नेपालमा लगानी गर्न अष्ट्रेलियाका निजी क्षेत्र उत्सुक रहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार गरेको कार्यक्रममा राजदूत बडले लगानी सम्मेलनपश्चात् लगानी प्रवर्द्धन गर्न उत्साह थपिएको बताउँदै साना लगानीकर्ताहरुलाईसमेत सहज वातावरण हुने कानुनी प्रावधान भएमा नेपालमा अष्ट्रेलियाको कृषि, जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा उल्लेख्य लगानी आउने सम्भावना रहेको बताए ।

आफ्नो कार्यकालमै नेपाल–अष्ट्रेलियाबीच सीधा हवाई सेवा सुरु गर्न आफूले सक्दो पहल गर्ने पनि उनले बताए ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानी सम्मेलनपछि र एकद्वार प्रणाली लागू भएपछि लगानीको सम्भावना बढेको बताए ।

उनले अष्ट्रेलियाका मुख्य सहरहरु ब्रिसबेन, मेलवर्न, सिड्नी, क्यानबेरा, पर्थलगायतमा आकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रवर्द्धन गर्न रोड शो गरिनुपर्ने बताएका थिए ।