४ असार २०८२, बुधबार | Thu Jun 19 2025


म्यानमारमा सेनाको ज्यादती, हालसम्म ८ सय ९० जना मारिए


0
Shares

एजेन्सी । म्यानमारमा सेनाले गोली प्रहार गरी २५ जना सैनिक शासन विरोधी लडाकु र सर्वसाधारणको हत्या गरेको छ ।

म्यानमारको मध्य सागाइङ क्षेत्रमा सेनाले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो ।

ट्रकमा सवार सेनाको टोलीले सागाइङ क्षेत्रमा प्रवेश गरी लडाकुहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा दोहोरो भिडन्त भएको थियोे ।

सोही क्रममा सेनाले बाटोमा हिंडेका सर्वसाधारणमाथि पनि गोली प्रहार गरेको थियो ।

गत फेब्रुअरीमा सेनाले आङ सुचीको दललाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि भएका विभिन्न प्रदर्शन तथा झडपमा हालसम्म ८ सय ९० जना मारिएका छन् ।

यसैबीच म्यानमार सेनाको ज्यादतीबिरुद्ध बिश्व समुदायले बिरोध गरेको छ । अमेरिका र बेलायतले एक बिज्ञप्ती जारी गरी म्यानमार सेनाको बिरोध गरेको हो ।

उनीहरुले म्यानमारका सर्वसाधारणको मानवअधिकार हनन गरेको भन्दै तत्काल यस्ता गतिबिधी रोक्न अपील गरेको छ ।