Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


सञ्चार विधेयक सच्याउन महासंघ माग


0
Shares

बर्दिया, असार २१ । नेपाल पत्रकार महासंघ बर्दियाले सञ्चार विधेयक पुर्नलेखनको माग गर्दै सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको सञ्चार विधेयक मिडियामैत्री नभएकोले सच्याउन माग गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारमार्फत मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाइएको हो ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ताका लागि हालै बढाएको सञ्चार माध्यम सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकप्रति बिमती राख्दै सो विधेयकमा पत्रकारहरुको हकहित कुण्ठित हुने गरी लेखिएका त्रुटिपूर्ण वाक्य सच्याइ पुनर्लेखन गर्न ज्ञापन पत्रमार्फत सचेत पारिएको महासंघ बर्दिया शाखाका अध्यक्ष यादव आचार्यले जानकारी दिनुभयो ।

ज्ञापनपत्रको वेवास्ता गरी मागप्रति गम्भीरता नदेखाइए प्रदेशभरी चरणवद्ध आन्दोलन गर्ने चेतीवनी दिइएको छ ।