काठमाडौं, मंसिर ४ । पाकिस्तान बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बंगलादेशको ढाकामा भएको सेमिफाइनलमा भारतको २३ वर्षमुनिको टिममाथि ३ रनको सनसनीपूर्ण जित निकाल्दै २३ वर्षमुनिको टिम पाकिस्तान फाइनलमा पुगेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित् ५० ओभरमा ७ विकेटको क्षतिमा २६७ रन बनाएको थियो ।
ओमेर युुसुफले सर्वाधिक ६६ रन बनाएको इनिङ्समा सैफ बादरले अविजित ४७ रन बनाए ।
जवाफमा भारतले ५० ओभरमा ८ विकेटको क्षतिमा २६४ रनमात्र बनाउन सक्यो ।
सन्भिर सिंहले सर्वाधिक ७६ रन बनाएपनि टिमलाई जिताउन सकेनन् ।
अब पाकिस्तानले उपाधिका लागि बंगलादेश र अफगानिस्तानबीचको विजेतासँग फाइनलमा शनिबार खेल्नेछ ।
नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो । कठिन समूहमा रहेको नेपालले भारत र बंगलादेशसित हार व्यहोर्दा हङकङलाई हराएको थियो ।





प्रतिक्रिया दिनुहोस्