२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


फिलिपिन्समा सैन्य विमान दुर्घटनाः ४५ को मृत्यु, ४० को जिवितै उद्धार


0
Shares

एजेन्सी । दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य धेरै व्यक्ति घाइते भएका छन् । विमानमा ९० जना सवार रहेको बीबीसीले जनाएको छ ।

सुरक्षाकर्मीहरुले विमानको भग्नावशेषबाट कम्तिमा ४५ जनाको शव निकालेको जनाएका छन् । दुर्घटनामा ४० जनाको जिवितै उद्धार गरिएको थियो भने पाँच जना अझै बेपत्ता रहेको बताइएको छ ।

देशका दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने क्रममा उक्त विमानले धावनमार्ग पहिल्याउन नसक्दा दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । मृतकमध्ये अधिकांश सैनिक रहेका छन् ।

सो विमानमा सवार सैनिकलाई दक्षिणी फिलिपिन्समा रहेका विद्रोही समूह अबु सयाफ समूहविरुद्ध कारवाहीका लागि पठाइएको थियो ।