सुनसरी, मंसिर ४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकार तानाशाही भएको आरोप लगाएका छन् ।
बुधबार धरानको भानुचोकमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले देशको विकास गर्न छाडेर कार्यकर्ता भर्ती र सरकारी ढुकुटीको दुरुपयोग गरेको आरोप लगाए ।
कम्युनिस्ट सरकारले सरकारी निकायमा कार्यकर्ता भर्तीभन्दा अरु केही नगरेको उनको भनाइ थियो ।
उनले कम्युनिस्टलाई भोट हाल्नु भनेको आत्महत्या गर्नुसरह भएको भन्दै धरान उपमहानगरपालिकाका मतदाताहरुलाई कांग्रेस उम्मेदवार तिलक राईलाई भोट दिन आग्रह गरे ।
कांग्रेस महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य महेश आचार्य र शेखर कोइरालाले पनि कांग्रेस उम्मेदवारलाई जिताएमात्र धरानको विकास सम्भव भएको जिकिर गरे ।









प्रतिक्रिया दिनुहोस्