२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


टुँडिखेलमा बहस गरेर कानुन बनाउन सरकार तयार छ : सञ्चार मन्त्री


0
Shares

पोखरा, साउन १३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मदन भण्डारीबाट दीक्षित सरकारसँग कोही पनि तर्सिनु नपर्ने बताएका छन् ।

पोखरामा मन्त्री बाँस्कोटाले यो सरकार किम जोन उनबाट प्रशिक्षित नभई लोकतान्त्रिक लडाईँ लडेका कम्युनिष्टबाट निर्माण भएकाले अधिनायकवादी हुनै नसक्ने जिकिर गरे ।

सरकार टुँडिखेलमा बहस गरी कानुन बनाउन तयार रहेकोे भन्दै उनले लुकिछिपी कान्ुन नबनाउने दावी गरे ।

मन्त्री बाँस्कोटाले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र विश्वसनीय बनाउन कानुन निर्माण भइरहेको जानकारी पनि दिए । त्यस्तै सञ्चारमाध्यम एकपक्षीय नभई आलोचक हुनुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान–२०७४ पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरियो ।