२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


नेपालमा ४० प्रतिशत क्षयरोगीमा कोरोना संक्रमण


0
Shares

काठमाडौं, असार २० । नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामीमा कोरोना संक्रमण देखिएको एक अध्ययनले देखाएको छ ।

क्षयरोग केन्द्रले गरेको अध्ययनले देशभर ४० प्रतिशत क्षयरोगीमा संक्रमण देखिएको हो । छातिरोग विशेषज्ञ डा. नविन प्रसाद शाहले क्षयरोग देखिएका व्यक्तिमा संक्रमण देखिए छिटै निमोनियाको समस्या देखिने हुदा समयमा नै सजगता अपनाउन आग्रह गर्नुभएको छ ।

क्षयरोग र कोरोना संक्रमणको लक्षण उस्तै हुने र दुवै रोगले फोक्सोमा नै असर गर्ने हुँदा बढी सचेत हुनु पर्ने डा. शाहको भनाइ छ ।

नेपालमा वार्षिक करिव ७९ हजार व्यक्तिमा क्षयरोग देखिने गरेको तथ्याक रहेको छ । ति मध्ये २७ हजार व्यक्ति मात्र उपचारको दायरामा आउने गरेको पनि केन्द्रले जनाएको छ ।