
प्रज्ञा तिमल्सीना
काठमाडौं, असार २० । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लाग्दो क्रममा छ ।
संक्रमितको संख्या २० प्रतिशत माथि नै रहेको अवस्थामा निषेधाज्ञा खुकुलो गर्दा पुनः संक्रमितको संख्या विस्तारै बढ्न थालेको हो । तर संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा भने कमी आएको देखिएको छ ।
कोरोना संक्रमितको संख्यामा कमी आएको भन्दै दुई सातादेखि जनजीवन चलायमान हुदै गएसँगै संक्रमितको संख्या उल्लेख रुपमा थपिदै गएको छ । असार ८ गते देखि निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा १३ दिनको अवधिमा ३१ हजारमाथि व्यक्ति संक्रमित भएका छन् ।
जसमा काठमाडौं उपत्यकामा ५ हजार संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा मात्र ३ हजार ३ सय माथि व्यक्ति संक्रमित भए । संक्रमणको दर केही बढ्न थाले पनि मृत्युहुने संख्या भने घट्ने क्रममा देखिएको छ ।
असार ८ गते यता दुई साताको विचमा ३ सय माथि व्यक्तिको मृत्यु भएको छ । निषेधाज्ञा खुकुलो भए सँगै सार्वजनिक सवारी साधन ,पसल ,डिपाटमेन्ट स्टोर लगाएत ठुला ठुला व्यापारिक केन्द्रहरुमा मानिसको भिडभाड बढ्दो छ । मानिसहरुको ओहोरदोहोरलाई कसरी सुरक्षित गर्ने भन्ने प्रश्न महत्वपूर्ण रहेको भन्दै जनस्वास्थ्यविद डा शरद वन्त खाली मास्क लगाएनन, सामाजिक दुरी कायम भएन भनेर मात्र नहुने बताउनुहुन्छ ।
हाल दिनहु २० प्रतिशत माथि संक्रमित थपिरहेका छन् । निषेधज्ञाको समयमा नै संक्रमण १९ प्रतिशत सम्म झरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल ४ जनामा परीक्षणमा गर्दा १ जनामा संक्रमण देखिने गरेको जनाएको छ ।
जसले हाल संक्रमणको जोखिम उच्च नै रहेको वुझाउछ । हाल उपत्यकापछि झापा, मोरङ्, सुनसरी, चितवन, कास्की जिल्लामा बढी संक्रमित भेटिने गरेका छन् । यस्तै मकवानपुर, रुपन्देही र सुर्खेतमा ५ सय माथि संक्रिय संक्रमित छन् ।
परीक्षणको तुलनामा भने कर्णाली प्रदेशमा बढी संक्रमित भेटिएका छन् । कर्णालीमा परीक्षणको तुलनामा करिव ५० प्रतिशत सम्म व्यक्तिमा संक्रमण देखिने गरेको छ । निषेधाज्ञालाई खुकुलो बनाए सँगै सरकारले परीक्षणलाई समेत घटाएको छ ।
जसका कारण पनि कम संक्रमित देखिने गरेका छन् । झन एन्टिजिन परीक्षणलाई पीसीआर परीक्षण जस्तै उतिकै प्राथमिकतामा राख्दा कति व्यक्ति संक्रमित छन् भने बुझन समस्या हुने देखिएको छ । एन्टिजिन परीक्षणको शरिरमा संक्रिय रहेको भाइरसलाई मात्र देखाउछ । जसका कारण समुदायमा कति व्यक्तिमा संक्रमण देखिएको छ भन्ने पत्ता लगाउन समस्या हुने सरुवारोग विशेषज्ञ डा. शेरवहादुर पुनः बताउनुहुन्छ ।
भाइरस विरुद्धको खोप उल्लेख रुपमा नलगाउने समयसम्म नेपालमा संक्रमण फैलन दर उच्च नै छ । जसका कारण खोप नलगाउने समयसम्म स्वास्थ्य सावधानीमा सबैले ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्