Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


नेकपा सचिवालय बैठक – खनाल र पोखरेल छैनन् सहभागी


0
Shares

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारीे बैठकमा सरकार पुर्नगठनलगायतका विषयमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हेरफेर गर्न लागेका बताएलगत्तै बसेकोे बैठकमा सोही विषयमा मुख्यगरी छलफल हुने जनाइएको छ ।

यस्तै बैठकमा एकताका बाँकी काम पूरा गर्ने र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ । यस्तै बैठकमा सांगठनिक विषयसँगै स्थायी समितिको बैठक बोलाउने विषयमा पनि छलफल हुने छ ।  

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल मुलुक बाहिर रहेकाले बैठकमा सहभागी भएका छैनन् ।

यसैबीच प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्या भण्डारीसँग  भेटवार्ता गरेका छन् । अध्यक्षद्वयले मन्त्री हेरफेरको टुंगो लगाएर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।