काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ३–० ले हराएको छ ।
युएईको आबुधाबीमा गएराति भएको खेलमा ब्राजिललाई विजयी गराउन लुकास पाक्विता, फिलिप कौटिन्हो र डानिलोले एक एक गोल गरे ।
गएराति भएका अन्य मैत्रीपूर्ण फुटबल खेलहरुमा भेनेजुएलाले जापानलाई ४–१ ले हराउँदा क्रोएसियाले जर्जीयालाई २–१ ले तथा मोन्टेनेग्रोले बेलारुसलाई २–० ले हराए ।
कोलम्बियाले इक्वेडरमाथि १–० को जित निकाल्दा साउदी अरेबियाले पाराग्वेसँग गोलरहित बराबरीमा खेलेको छ । एजेन्सी





प्रतिक्रिया दिनुहोस्