१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


आफ्नै बारेमा प्रश्न उठाएपछि सभामुखले गरे रुलिङ


0
Shares

काठमाडौं, साउन १३ । सांसदहरुले आफ्नै बारेमा प्रश्न उठाएपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकमा रुलिङ गरेका छन् ।

सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि दुवै पदमा एउटै दलबाट प्रतिनिधित्व भएको भन्दै सभामुख र उपसभामुखमध्ये एक जनाले राजीनामा गर्नुपर्ने माग नेपाली कांग्रेसका सांसदहरुले उठाएका थिए । सभामुख महराले यसबारे सदनमा छलफल हुन नसक्ने रुलिङ गरेका हुन् ।

सांसदहरुले उठाएको विषय अदालतमा विचाराधीन रहेकाले यस सम्बन्धमा छलफल गर्न नमिल्ने सभामुख महराले प्रष्ट गरेका हुन् ।

कांग्रेस सांसद लक्ष्मी परियारले उठाएको प्रश्नमा सभामुख महराले छलफल हुन नसक्ने भन्दै रुलिङ गरेका हुन् । यसअघि पनि कांग्रेसले सभामुख र उपसभामुखमध्ये एकले राजीनामा गर्नुपर्ने विषय सदनमा उठाउँदै आएको थियो ।