
काठमाडौं, मंसिर ३ । पछिल्ला दिन सामान्य दरले केही ओरालो लागेको सुन–चाँदीको भाउमा मंगलबार पुनः वृद्धि आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर पुनः तोलाको ७२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य तोलामा २०० ले घटेर तोलाको ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ८६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंन्स १४ सय ६६ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्