Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ : दाहाल


0
Shares

परासी, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीद्वारा मंगलबार परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने–‘वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ । मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे छ । यसलाई अझै तीव्रता दिन आवश्यक छ । नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले अबको १० वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशकोरुपमा स्थापित गर्ने बताउँदै ‘अहिले भइरहेका विकासले सन्तुष्टि हुने अवस्था छैन । अझै गर्नुपर्ने धेरै कुरा छन् । मध्यम आयको देश बनाएपछि विकासलाई अझै तीव्रगतिमा पुर्‍याउनुपर्ने हाम्रो दायित्व छ’–भने ।

अध्यक्ष दाहालले पार्टीले अब प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर कार्यकर्तामाझ आउने जानकारी पनि दिए । रासस