
काठमाडौं, मंसिर ३ । उपत्यकाको सार्वजनिक सवारी व्यवस्थापनबारे सरोकारवालाहरुबीच खुला छलफल भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार भाडाका सवारीसम्बद्ध संघ–संस्था, ट्राफिक प्रहरी, पर्यटन मन्त्रालय, पत्रकार र यातायात व्यवस्था विभागका प्रतिनिधिहरुसँग छलफल गरेको हो ।
छलफलका सहभागीहरुले सार्वजनिक सवारी–साधनहरुको सिट दुरुस्त रहनुपर्ने, चालक र सहचालकले यात्रीसँग सभ्य व्यवहार गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारी निकायहरुले सडकको मर्मत–सम्भारमा ध्यान दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले छलफलबाट आएका सुझावहरुलाई सकेसम्म छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
ट्याक्सी व्यवसायीहरुले भने ‘टुटल’ र ‘पठाओ’का कारण आफूहरुको व्यवसाय चौपट भएको गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्