Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


प्रचण्ड पुत्र प्रकाशको दोस्रो स्मृति: सामाजिक संजालमा मार्मिक भावना


0
Shares

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवसका अवसरमा दिप प्रज्वलनको तयारी गरिएको छ ।

युवा नेता तथा अध्यक्ष दाहालका स्वकीय सचिब रहेका प्रकाशको २०७४ साल मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो ।

पुत्र प्रसिद्धको जन्म दिनको दुई दिनपछि प्रकाशको स्मृति दिवस परेको हो । प्रकाशको निधनपछि आमा सिता गम्भीर रोगबाट ग्रसित छिन् ।

उनको स्मृतिका अवसरमा प्रचण्ड निवास खुमलटारमा दिप प्रज्वलनको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशको स्मृतिमा दिदीहरु रेनु र गंगाले फेसबुकमा भावुक स्टाटस लेखेका छन् ।

रेनुले ‘दोस्रो स्मृती दिबस भाबपूर्ण श्रदान्जलि बाबु’ लेखेकी छन् भने गंगाले ‘बाबु कसरी लेखु तिम्रो अभावमा परिवारको अवस्था कस्तो छ, तिम्ले छोडेका जिम्मेवारी पुरा गर्ने कोशिस गर्दैछु बाबु’ लेखेकी छन् ।

सावित्री अधिकारीले लेखेकी छन्–‘सधैंभरि परिवारमा हजुरको अभाब खट्किरहेछ, भान्जाबाबु केबल सम्झना मात्र रहयौ, दोश्रो स्मृतिमा भाबपूर्ण श्रद्धाञ्जलि…’

पत्रकार सुविन श्रेष्ठले पनि प्रकाशको स्मृतिमा लेखेका छन् –‘स्मरणमा प्रकासः त्यो दिन छोराको शव बोकेर दागबत्ती दिँदा पनि मुटु बलियो बनाएर छोराका मलामीलाई गरेको अभिवादनप्रति म अझै नतमस्तक भईरहेको छु । प्रिय प्रचण्ड, तिमीलाई मेरो सम्मानसहितको लालसलाम छ ! र, सदा सहयोगी भावका ‘प्रकास’लाई पनि सम्झिरहेको छु ।’

अध्यक्ष प्रचण्डका ‘सम्पर्क सुत्र’ मानिने प्रकाश मिडियामैत्री थिए । सामाजिक संजालमा उनका झन्डै २० लाख फलोअर्स थिए । उनको सम्झनामा ‘प्रकाश दाहाल स्मृति ग्रन्थ’ पनि प्रकाशित छ ।