३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


आरन पेशाबाट मासिक ५० हजार आम्दानी


0
Shares

म्याग्दी ।  म्यग्दीमा एक व्यक्तिले आरन व्यवसायबाट मासिक ५० हजारसम्म आम्दानी लिन सफल भएका छन् ।

आरन पेशामै दशकौं बिताएका बेनी नगरपालिका–५, डडुवाका हर्कबहादुर विश्वकर्माले आरन पेशाबाट आम्दानी गर्न सफल भएका हुन् ।

यस पेशालाई निरन्तरता दिएकै कारण यस व्यवसायमा आफू सफल भएको उनको भनाइ छ ।

१२ वर्षको उमेरदेखि आरन पेशामा लागेका उनले खुकुरी, बञ्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली जस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामानहरु बनाउँदै आएका छन् ।

यसै व्यवसायबाट उनले आफ्नो पाँच जनाको परिवारसमेत चलाउँदै आएका छन् । यस पेशामा संलग्न अधिकांश व्यवसायीले आफ्नो पेशा परिवर्तन गरी अन्य व्यवसाय अंगालिसकेका छन् ।

तर विश्वकर्माले आफूले यसै व्यवसायलाई निरन्तरता दिएकै कारण सफल भएको बताए ।