Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


मेस्सीको गोलले हारबाट जोगियो अर्जेन्टिना


0
Shares

काठमाडौं । अर्जेन्टिना र उरुग्वेबीचको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल २–२ गोलको बराबरीमा सकिएको छ ।

इजरायलको तल अभिभमा गएराती भएको खेलको इन्जुरी समयमा लियोनल मेस्सीले एक गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाएका हुन् ।

खेलमा उरुग्वेका लागि इडिन्सन काभानी र लुइस स्वारेजले गोल गरेका थिए भने अर्जेज्टिनाका लागि सर्जियो अगुएरो र लियोनल मेस्सीले एक एक गोल गरे ।

अन्तराष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्धपछि अर्जेन्टिनाका लागि मेस्सीको यो लगातार दोस्रो खेलमा गोल हो । शुक्रवार ब्राजिल विरुद्धको मैत्रिपूर्ण खेलमा मेस्सीले निर्णायक गोल गरेका थिए ।

गत जुलाईमा दक्षिण अमेरिकी फुटबल महासंघ र त्यसका अध्यक्षलाई भ्रष्टाचारीको संज्ञा दिएपछि मेस्सीमाथि तिन महिनाको प्रतिबन्ध तथा ५० हजार अमेरिकी डलर जरिवाना गराईएको थियो ।(एजेन्सी)