Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन हुँदै


0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आगामी बिहिबारदेखि सुरू हुने भएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन १७ र १८ गते हुने जनाएको हो । ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यन्वयनको लागि प्रमाण’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयहरू, विद्यार्थी, बाह्य विकास साझेदारहरू, स्वास्थ्य विज्ञ, मेडिकल चिकित्सकलगायतको सहभागिता रहने बताइएको छ ।

दुई दिने सम्मेलनमा लागि जनस्वास्थ्यसँग सम्बन्धित स्वदेशी तथा विदेशी अनुसन्धानकताहरूले ४७ वटा अनुसन्धान मूलक कार्यहरूको मौखिक प्रस्तुति, १९ पोष्टर प्रस्तुति तथा २४ वटा आमन्त्रित प्रस्तुतिकरण हुने परिषद्का प्रमुख डा. प्रदिप ज्ञवालीले बताउनुभयो ।

यसपटकको सम्मेलनमा पहिलो दिनमा कोभिड १९ जनस्वास्थ्य संकट, नसर्ने रोगहरू तथा स्वास्थ्य प्रणाली र नीति सम्बन्धी आमन्त्रित विज्ञहरू र प्रस्तुतकर्ताहरूको प्रस्तुति हुने पत्रकार सम्मेलनमा बताइएको छ । परिषद्ले ७ वर्षदेखि स्थापनाको दिन पार्दै स्वास्थ्य तथा जनसंख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ ।