
काठमाडौं, मंसिर २ । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माण व्यवसायीहरुलाई आयोजनाहरु समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र आर्किटेक्ट तथा इन्जिनियरिङ सोसाइटी कन्सल्टेन्सीले सोमबारदेखि काठमाडौंमा गरेको सम्मेलनमा उनले पुनःनिर्माणको गति सुस्त भइरहेको भन्दै सम्बद्ध सबै निकायहरु जिम्मेवार हुनुपर्ने बताए ।
पुरातात्विक महत्वका धरोहरहरुको पुनःनिर्माण दातृनिकायलाई सुम्पिँदा हाम्रो मौलिकता कति जोगिएला ? भन्ने प्रश्न पनि उनले गरे ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै कुनैपनि देशको आर्थिक विकासका लागि त्यस देशको भौतिक विकास पहिलो शर्त हुने बताए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका भौतिक पूर्वाधार विज्ञ तथा इन्जिनियरहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्