
काठमाडौं, मंसिर २ । आउँदो बिहीबारदेखि राजधानीमा ‘पावर समिट २०१९’ हुँदैछ ।
क्षेत्रीय विद्युत्को विकास गर्ने तथा विद्युत् व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार र शुक्रबार पावर समिट २०१९ हुन लागेको हो ।
आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले सोेमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विद्युतीय व्यापार बढाउनका लागि यस्तो सम्मेलन गर्दै आएको जनाएको छ ।
सम्मेलनमा भारत, बंगलादेशमा विद्युत्को व्यापारसम्बन्धी छलफल हुने इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाइँले जानकारी दिए ।
सम्मेलनले ऊर्जाको विकाससम्बन्धी नीति निर्माणमा पनि सहयोग पुर्याउने अध्यक्ष गुरागाइँले विश्वास व्यक्त गरे । सरकारले भने निजी क्षेत्रलाई उपेक्षा गरेको पनि उनले बताए ।
सरकारले ऊर्जा विकासका लागि ठोस नीति–नियम नै नबनाउँदा आफूहरुलाई अफ्ठ्यारो भएको संस्थाका उपाध्यक्ष कुमार खतिवडाले बताए ।
सम्मेलनमा विभिन्न्न देशहरुका ऊर्जाविज्ञ तथा व्यवसायीहरु सहभागी हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्