३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


सेयरबजार सामान्य अंकले ऋणात्मक


0
Shares

काठमाडौं, मंसिर २ । सोमबार सेयरबजार सामान्य अंकले ऋणात्मक रहेर थामियो ।

बढीजसो समूह हरियो रहेसँगै निरन्तर ओरालो लाग्दै आएको नेप्से यसदिन भने मात्र नगन्य अंकले रातो रहेर थामिएको हो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकले रातो रही ११ सय ३१.१२ कायम भएर थामिएको हो ।

यसदिन उत्पादनमूलक, जलविद्युत्, अन्य र सामूहिक लगानी कोष समूहबाहेक अरु समूह सकारात्मक रहेका हुन् । उत्पादनमूलक समूह सबैभन्दा उच्च ३८ अंकले ओरालो लागेको हो ।

यसदिन व्यापार र बिमा समूह भने दोहोरो अंकले उकालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका ११ लाख ८८ हजार कित्ता सेयर ३५ करोड ६८ लाख रुपैयाँ बरारबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।