काठमाडौं, मंसिर २ । बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली टोली सम्मानित भएको छ ।
एभीसी सेन्ट्रल जोनमा ऐतिहासिक उपाधि जितेको राष्ट्रिय महिला भलिबल टोलीलाई सोमबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकले सम्मान गरेको हो ।
बैंकले महिला टोलीलाई हौसला प्रदान गर्न सम्मान गरिएको जनाएको छ ।
बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठले टोलीकी कप्तान अरुणा शाहीलाई मायाको चिनो र सम्मान प्रमाणपत्र दिएका थिए ।
गएको कात्तिक २८ गते भएको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपालले ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।








प्रतिक्रिया दिनुहोस्