३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


आफ्नो दुनो सोज्याउने काम नगर्नोस् : प्रधानमन्त्री


0
Shares

नुवाकोट, मंसिर २ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामहरुबाट आफ्नो दुनो सोज्याउने काम नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको सिम्लेमा निर्माण भएको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् परियोजनाको सोमबार सिंहदरबारबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्दै उनले कर तिर्नुपर्दा जग्गाको मूल्य सकेसम्म कम राख्ने र विकास आयोजनाहरुबाट बढी मुआब्जा खोज्ने प्रवृत्ति त्याग्नुपर्ने बताए ।

‘आफूले कर तिर्दा कमभन्दा कम मूल्य राख्ने र मुआब्जा लिनुपर्दा बढी रकम खोज्ने प्रवृत्ति बढेको छ’–उनले भने–‘यसबाट कम मूल्यमा धेरै विकास परिमाण हासिल गर्न र समयमै पूर्वाधार विकासको काम सक्न अवरोध पुग्ने गरेको छ । अब यस्तो प्रवृत्तिलाई त्याग्नुपर्छ ।’

उनले जग्गाको मुआब्जा विवादकै कारण माथिल्लो त्रिशूली–थ्री एसमेत ९० बाट ६० मेगावाटमा झार्नुपरेको, समयमा सम्पन्न गर्न नसकिएको र यसले लागतसमेत बढाएको बताए ।

अब सरकारको ध्यान देशमा गरिबी घटाउनतर्फ लक्षित हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।