Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


स्याङ्जाका पाँच दल कालीगण्डकी डाइभर्सनको विरुद्धमा


0
Shares

स्याङ्जा । कालीगण्डकी डाइभर्सन आयोजना बिरुद्ध स्याङ्जाका राजनीतिक पार्टी एक ठाउँमा उभिएका छन् ।

कालीगण्डकी डाइभर्सनको आयोजनाले प्राचिन मानव सभ्यताको उदगम स्थल, सनातन संस्कृतिको धरोहर, शालिकराम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको प्राकृतिक मार्ग परिवर्तन गर्नेगरी सामाजिक, सास्कृतिक, प्राकृतिक एवं वातावरणीय पक्षमा नकारात्मक असर पार्ने उल्लेख छ ।

नेपाली काँग्रेसका कार्यवाहक सभापति कुमार राना, नेकपा माओवादी केन्द्रका संयोजक शैलेन्द्र घिमिरे, नेकपा एमाले अध्यक्ष रामचन्द्र भट्टराई, जसपाका अध्यक्ष ख्यामनारायण ढकाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रेले आज संयुक्त बिज्ञप्ति जारी गर्दै डाइभर्सन नेपालको हितमा नभएको जनाएका हुन ।

बृहत अध्ययन र सरोकारवालासंगको छलफल र परामर्श बिना संघीयताको भावना र मर्म विपरित यस्ता काम नगर्न समेत ध्यानाकर्षण गराइएको छ ।

कालीगण्डकी जलाधार क्षेत्रमा बसाबास गर्ने बासिन्दाका जनजीवनलाई गम्भीर प्रभाव र विस्थापित गर्ने गरी बनाइएको परियोजना राष्ट्रिय हितमा नभएको भन्दै अर्थ, गृह, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बिष्णु पौडेलले उद्घाटन गरेको बिषयमा पनि ५ राजनीतिक पार्टीद्धारा ध्यानाकर्षण गराइएको हो ।