३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


२५ लाखको पार्कमा फोहरै फोहोर


0
Shares

-केदार कटुवाल/ इमेज

उदयपुर । चौदण्डीगढी नगरपालिकाको बेलटारमा निर्माण भएको पानीको फोहोरासहितको पार्क निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ ।

सरोकारवालाको वेवास्ताका कारण संरक्षण नहुँदा पार्क जीर्ण बनेको हो । प्रदेश संसदीय क्षेत्र विकास कोषको २० लाख र स्थानीयको ५ लाख जनश्रमदानसहित २५ लाखको लागतमा पार्क निर्माण गरिएको थियो ।

पार्कमा सातैवटा प्रदेशको प्रतीक सात वटा स्तम्भ राखिएको छ भने बेलटार बजारको पहिचान झल्कने गरी बेलको फल निर्माण गरिएकोे छ ।

यसले बेलटार भनेको बेलै बेलको टार हो भन्ने परिचय दिन खोजिएको स्थानीय बताउँछन् ।

पर्यटकलाई विश्राम लिनसमेत सहज हुने उद्देश्यका साथ निर्माण गरिएको पार्क अहिले फोहर फाल्ने ठाउँ बनेको छ भने फोहोरा दिने मोटरसमेत बिग्रिएको छ ।

तत्कालीन बेलटार बसाहा नगरपालिकाको पहलमा पार्क निर्माण भएको थियो ।