१० फाल्गुन २०८०, बिहिबार | Fri Feb 23 2024


नेप्सेमा सुधार जारी रहँदा लघुवित्तका लगानीकर्ताको आम्दानी बढ्यो


0
Shares

काठमाडौं । सोमबार पनि शेयर बजारमा सुधार जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंकले सकारात्मक रही २८ सय ७५ कायम भएर थामियो ।

सुरुवाती समयमा उच्च दरले उकालो लागेर २९ सय हाराहारीमा पुगेको नेप्से केही समयमै शिथिल भएको हो । कारोबार पनि अघिल्लो दिनको तुलनामा सामान्य बढ्यो । यस दिन आधा भन्दा बढी समूह रातो रहँदा पनि नेप्से सकारात्मक नै रहेको हो ।

लघुवित्त समूहमा सबैभन्दा उच्च १ सय ११ अंकको वृद्धि आयो भने होटल तथा पर्यटन र जीवन बीमा समूह दोहोरो अंकले सुधारियो । वाणिज्य बैंक, लगानी र सामुहिक लगानी समूह सामान्य अंकले हरियो रहे । यस दिन वित्त, विकास बैंक, जलविद्युत, व्यापार, निर्जीवन बीमा र उत्पादमूलक समूह दोहोरो अंकले ओरालो लागे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १९ कम्पनीको १ करोड ९२ लाख कित्ता शेयर ७ अर्ब ७३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।