Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


विपक्षी गठबन्धनका शीर्ष नेताले आज बुद्धिजीवीसँग छलफल गर्दै


0
Shares

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताले आज बुद्धिजीविहरुसँग छलफल गर्दैछन् ।

गठबन्धनका नेताहरुले दिउँसो २ बजे संघीय संसदको ल्होत्से हलमा युग पाठक, सरिता तिवारी, लोकराज बराल, उज्जवल प्रसाई, गेजा शर्मा वाग्ले, हरि रोक्कालगायत बुद्धिजीविसँग छलफल गर्दैछन् ।

उनीहरुले डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्ताहरू ५० जना भन्दा बढीसँग छलफल गर्न लागेको बताइएको छ ।

छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताको सहभागिता रहने छ ।

यसअघि विपक्षी गठबन्धनले सम्पादकहरुसँग छलफल गरेका थिए ।