३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


विमानस्थल बन्न नदिन अदृश्य शक्तिहरु सक्रिय छन : मन्त्री भट्टराई


0
Shares

बारा । नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले बाराको कोहल्बीमा विमानस्थल बन्न नदिन अदृश्य शक्तिहरु सक्रिय भएको दाबी गरेका छन् ।

प्रस्तावित विमान निर्माणस्थलको आइतबार स्थलगत अवलोकन पछि उनले सरकार अमुक शक्तिहरुको अवरोध चिर्दै केही समय भित्रै विमानस्थल शिल्यान्यास गर्ने दिशमा अघि बढेको बताए ।

विमानस्थल निर्माण विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि सर्वोच्च अदालत र न्यायाधीशहरु बिमानस्थलको आवश्यक्ताप्रति जानकार रहेकाले उचित आदेश आउने विश्वास सरकारको रहेको उनले बताए ।

बारा, पर्सा र रौतहटमा तिनै तहका सबै दलका जनप्रतिनिधीहरु निजगढ विमानस्थल बनाउनु पर्नेमा एकमत रहेकाले विमानस्थल निर्माण प्रक्रिया छिटै शुरु हुने पनि मन्त्री भट्टराई बताए ।