काठमाडौं । साताको पहिलो दिन आइतबार पनि शेयर बजारमा गिरावट जारी रह्यो ।
यस दिन पनि उतार चढावबीच बजार परिसूचक नेप्से साढें ४ अंकले झरेर ११ सय ३१ कायम भएर थामियो । व्यापार र अन्य बाहेक अरु सबै समूह ओरालो लागे ।
उत्पादनमूलक समूह सबैभन्दा उच्च १ सय ३ अंकले ओरालो लाग्यो । होटल समूह ५१ अंकले झर्यो
जलविद्यतु र जीवन बीमा समूह पनि दोहोरो अंकले झरे । यस दिन व्यापार समूह भने २७ अंकले उकालो लाग्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६३ कम्पनीको ११ लाख ६७ हजार कित्ता शेयर साढें ३५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्