 
	    इलाम । इलामको माङसेबुङ गाउँपालिकाले संचालन गरेको ‘उज्यालो घर अभियान’ अन्तरर्गत विद्युत विस्तारको काम तीब्र पारेको छ ।
वडाको सबै टोल वस्ती र घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गरिसक्ने नीति अनुसार अहिले वडा नम्बर ३ मा विद्युत विस्तारको काम तीब्र बनाइएको वडा अध्यक्ष मैतराज राईले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा वडाको विभिन्न टोलमा अहिले विद्युत विस्तारको काम भइरहेको छ । ८ सय २४ घरधुरी रहेको सो वडाका करिब साढे ४ सय घरधुरीमा यसअघि नै केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भइसकेको छ ।
त्यस्तै भौगोलिक वनावटका कारण केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुन सम्भव नभएका १५ घरमा वैकल्पिक उर्जा प्रवर्द्धन कार्यक्रम अन्तरगत सोलार प्यानल वितरण गरिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्