३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आउन निजी क्षेत्रलाई मन्त्रीको आग्रह


0
Shares

काठमाडौं, कात्तिक ३० । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् ।

मानव संशाधन व्यवस्थापकले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले श्रमिकको सुरक्षाका लागि यो योजनामा सहभागी हुन आवश्यक रहेको बताए ।

समयको मागअनुसार श्रमिकको सुरक्षा र प्रविधिसँग परिवर्तन हुन आवश्यक भएको भन्दै उनले सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरे ।

सामाजिक सुरक्षा योजनामा हालसम्म एक लाख १० हजार बढी श्रमिकहरु आवद्ध भएको कोषले जनाएको छ ।

सामाजिक सुरक्षा कोषमा १० हजार बढी रोजगारदाता सहभागी भएको र हालसम्म १३ करोेड रुपैयाँ योगदान रकम जम्मा भएको प्रवक्ता रमा भट्टराईले जानकारी दिइन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम गएको मंसिरमा सुरु भएको थियो । कोषले आउँदो मंसिर १४ गतेसम्ममा दर्ता हुने समयसीमा तोकेको छ ।