Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


मकवानपुरमा आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा सुचालु


0
Shares

मकवानपुर, असार ११ । मकवानपुरमा आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा सुचालु हुने भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको हालै बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र संयोजक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

अहिले जिल्लामा एक हजारको हाराहारीमा सक्रिय संक्रमित रहेकाले उच्च सतर्कता अपनाएर सेवाप्रवाह गर्ने गरी कार्यालय प्रमुखहरुलाई निर्देशन दिइएको प्रजिअ पाण्डेले बताउनुभयो ।