३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


निक्षेकर्ताको निक्षेपमाथि खेलवाड भए सह्य हुँदैन : अर्थमन्त्री


0
Shares

काठमाडौं, कात्तिक ३० । अर्थमन्त्री डा. युवराज खतिवडाले कुनैपनि निक्षेपकर्ताको निक्षेपमाथि खेलवाड भए सह्य नहुने चेतावनी दिएका छन् ।

शनिबार राजधानीमा आयोजित नेपाल बैंकको ८३औं वार्षिकोत्सवमा उनले बैंकहरुले निक्षेप प्रवाह गर्दा निक्षेपको अनुगमन पनि बैंकहरुले नै गर्नुपर्ने बताए ।

स–साना समस्याले ठूलो समस्या ल्याउनसक्ने भन्दै विवेकपूर्ण ढंगले काम गर्नसमेत सुझाव दिए ।

सन्चालकहरुले पनि बैंकलाई सफल बनाउन उच्च व्यावसायिक ढंगले काम गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सहुलियतपूर्ण कर्जा अझैपनि पूर्ण प्रभावकारी हुन नसकेको भन्दै बैंक गम्भीर हुनुपर्ने बताए ।

राष्ट्र बैंकको योजनाअनुसार अझैपनि सहुलियतपूर्ण कर्जा प्रभावकारीरुपमा लागू हुन नसकेको भन्दै उनले बैंकको हरेक शाखाले एक वर्षको लक्ष्य लिइ काम गर्न पनि उनले निर्देशन दिए ।

सन् २०२० मा सम्पत्ति शुद्धीकरणसम्बन्धी सम्मेलन हुन लागेकाले सबै बैंकले पारदर्शीता कायम गर्न शिवाकोटीले सुझाव दिए ।

नेपाल बैंकको चुक्तापुँजी ९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने चालू आर्थिक वर्षको तीन महिनामा ५८ करोड खुद नाफा गरिसकेको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए ।

स्थापना दिवसको अवसर पारेर बैंकले नेपाल बैंक संग्रहालय सुरु गरेको छ ।