२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


विराटनगर महानगरपालिकाले ल्यायो ४ अर्ब १० करोडको बजेट


0
Shares

विराटनगर, असार १० । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आगामी वर्ष चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार खर्च हुने अनुमान प्रस्तुत गरिएको छ ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ खर्च हुने महानगरको अनुमान छ ।

महानगरले चालुतर्फ ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ४ अर्ब २३ करोड, ३ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

चालु वर्षको बजेट १० महिनामा १ अर्ब ३३ करोड २९ लाख २१ हजार मात्रै खर्च भएको छ ।