Logo १९ पुस २०८२, शनिबार | Sat Jan 3 2026


‘सहकारीको ब्याजदर कार्यान्वयन गर्नबाट सरकार पछि हट्दैन’


0
Shares

काठमाडौं, कात्तिक २९ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सहकारीको ब्याजदर कार्यान्वयन गर्नबाट सरकार पछि नहट्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सचिव गौतमले ब्याजदर कार्यान्वयन गरेरै छाड्ने स्पस्ट पारेका हुन् ।

तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकन गर्ने कुनै गुन्जायस नरहेको भन्दै उनले तोकिएको ब्याजदर शतप्रतिशत कार्यान्वयन हुने उल्लेख गरे ।

सरकारले गएको साउन १९ गतेदेखि लागू हुनेगरी सहकारीले १६ प्रतिशतभन्दा बढीमा ऋण लगानी गर्न नपाइने प्रावधान ल्याएको छ ।

यस्तै, बचत र ऋणको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी बनाउन नपाइने प्रावधान छ ।

सचिव गौतमले ‘ऐन मान्दिनँ’ भन्ने छुट कसैलाई नरहेको र सहकारी संस्था सन्चालन गर्न समस्या भए अर्को व्यवसाय गर्न सुझाव दिए ।