३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


रामग्राम स्तुपमा विहार र पर्खालका भग्नावशेष फेला


0
Shares

नवलपरासी, कात्तिक २९ । भगवान् बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्रामस्थित स्तुपमा ठूलो विहार र पर्खालका भग्नावशेष फेलापरेका छन् ।

बुद्धसम्बन्धीका थप पुरातात्विक प्रमाण संकलन गर्न रामग्राम स्तुप क्षेत्रमा १० दिनसम्म लगाएर गरिएको अनुसन्धानकाक्रममा भग्नावशेषहरु फेलापरेका हुन् ।

नेपालीसहित तीनजना विदेशी विज्ञहरुको टोलीले स्तुप क्षेत्रलाई ‘रेड जोन’ घोषित गर्दै ‘रिक्स म्याप’समेत तयार गरेको छ ।

बेलायत युनिभर्सिटी (दुराहम) पुरातात्विक विभाग र लुम्बिनी विकास कोषका विज्ञहरुको टोलीले चुम्बिकीयसहित विभिन्न चारओटा प्रविधिबाट अनुसन्धान गरेको थियो ।

पुरातात्विक सामग्री संकलन गर्न ‘अघर’, स्थलगत सर्वेक्षण, जियो फिजिक्स र नक्सांकनबाट काम सुरु गरिएको थियो ।

जियो फिजिक्सले स्तुप देखाएको छ । स्तुपको उत्तर/पश्चिमतर्फ ठूलो विहार र दक्षिणतर्फ ठूलो पर्खाल देखाएको छ ।

त्यसबाहेक पनि वरपरका क्षेत्रमा ठूल्ठूला पर्खालहरु देखाएको टोलीले जनाएको छ ।

फेलापरेका भग्नावशेष कति वर्ष पुराना हुन् भनेर छुट्याउन उत्खनन् नै गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।

फेलापरेका प्रमाणका आधारमा आउँदो पुसदेखि माघसम्म उत्खनन् कार्य सुरु हुने टोलीले जनाएको छ ।