३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


हिन्दु राष्ट्र माग गर्दै राप्रपा संयुक्तको रथयात्रा


0
Shares

सर्लाही । नेपाललाई हिन्दु राष्ट्र बनाउने मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सुरु गरेको धार्मिक जागरण रथ यात्रा टोली सर्लाही आइपुगेको छ ।

रथ यात्रा आज बयलवासबाट पुनः सुरु भई जिल्लाको पूर्वी बेल्ट हुँदै सदरमुकाम मलंगवा पुगेको छ ।

सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र नेपाल र नेपाली हुनुको आधारशीला रहेको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले धार्मिक जागरण यात्रा सुरु गरेको बताएको छ ।

पार्टीका केन्द्रीय अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले संसारमै एक मात्र सिङ्गो हिन्दु राष्ट्र नेपाल रहेकाले पुनः हिन्दु राष्ट्र स्थापनार्थका निम्ति हिजोबाट जनकपुरदेखि लुम्बिनीसम्म पहिलो चरणको यात्रा आरम्भ गरेको जानकारी दिए । यो अभियान मंसिर ४ गतेसम्म चल्नेछ ।