कोरोनाले गोसाइँकुण्डमा लाग्ने दशहरा मेला प्रभावित « Image Khabar


कोरोनाले गोसाइँकुण्डमा लाग्ने दशहरा मेला प्रभावित


Border circle
Imagekhabar

रसुवा । रसुवाको गोसाँइकुण्डमा दश दिनसम्म लाग्ने गंगा दशहरा मेला यस वर्ष पनि प्रभावित भएको छ ।

कोरोना त्रासका कारणले गोसाँइकुण्डमा स्नान गर्न आउने भक्तजनहरुको संख्या न्यून रहेको छ ।

जिल्लाबाट फाट्टफुट्ट स्नानका लागि आए पनि अन्य जिल्लाबाट भक्तजनहरु नआएको गोसाँइकुण्ड क्षेत्र विकास समितले जनाएको छ ।

लामो लकडाउन, कोरोना महामारीका कारण यो वर्ष पनि मेला प्रभावित भएको हो ।

ज्येष्ठ शुक्लपक्षबाट दशमीसम्म गोसाँइकुण्डमा स्नान गर्न विगतका वर्षहरुमा हजारौंको संख्यामा भक्तजनहरु आउने गरेका थिए ।

अघिल्लो वर्ष पनि कोरोना संक्रमणको त्रासको कारण गोसाइकुण्डमा स्नान गर्नेको संख्या न्यून रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्