
काठमाडौं, असार ६ । विश्व टेष्ट च्याम्पियनशीप क्रिकेटको फाइनलमा भारत पहिलो इनिङ्समा सस्तैमा समेटिएको छ ।
न्यूजिल्याण्डको साउथह्याम्पटनमा जारी वर्षाले प्रभावित खेलको तेस्रो दिनमा घरेलु टिमविरुद्ध भारत दुई सय १७ रनमा अलआउट भएको हो ।
७१ रन जोड्न ७ विकेट गुमाएपछि भारत सस्तैमा समेटिएको हो । अजिन्क्या रहाणेले विराट कोहलीले ४४ तथा रोहित शर्माले ३४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा कायल जेमाइसनले ५ तथा ट्रेन्ट बोल्ट र निल वाग्नेरले २÷२ विकेट लिए ।
जवाफमा न्यूजिल्याण्ड मैदानमा उत्रिसकेको छ । न्यूजिल्याण्डले संयमित ब्याटिङ्ग गरिरहेको छ ।
पहिलो पटक भइरहेको टेष्ट क्रिकेटको विश्व च्याम्पियनको विजेताले १६ लाख तथा उपविजेताले आठ लाख अमेरिकी डलर पुरस्कार पाउने छ ।
टेष्ट खेल्ने राष्ट्रहरुबीच आपसमा भिडन्त भई सर्वाधिक अंक हासिल गर्ने दुई टिम भारत र न्यूजिल्याण्ड उपाधिका लागि फाइनल खेलिरहेका हुन् ।
प्रतिक्रिया दिनुहोस्