१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


उपत्यकामा निषेधाज्ञा एक साता थपियो, निजी सवारी साधनमा जोर बिजोर प्रणाली, बार अनुसार पसल खुल्ने


0
Shares

काठमाडौं, असार ६ । काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा एक साता थपिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञा भने थप खुकुलो पारिएको छ ।

यो अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइने छ ।

निजी सवारी साधन जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेट विजोर बार चल्न दिने निर्णय गरेको हो ।

ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछन् । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

जारी निषेधाज्ञा सोमबार मध्यरात सकिँदैछ ।

मंगलबार असार ८ गतेदेखि लागु हुने नयाँ एक हप्ते निषेधाज्ञामा कपडा पसल, भाडा पसल लगायत भीडभाड कम हुने व्यवसाय प्रशासनद्वारा निर्धारित समयअवधी बमोजिम सञ्चालन गर्न पाइनेछ ।

यसअघि बिहान ११ बजेसम्म दूध, फलफूल, तरकारी, खाद्यान्ह र स्टेशनरी खोल्न दिइएको थियो ।