
तनहुँ । नेपाल टेलिकम तनहुँले दशैै अगाडिदेखि बिग्रिएको ल्यान्ड लाइन टेलिफोन मर्मत नगर्दा दमौलीबासी समस्यामा परेका छन् ।
झण्डै डेढ महिनादेखि अवरुद्ध सेवा सुचारु गर्नेतर्फ टेलिकमले पहल नथाल्दा दमौली बजार र आसपास क्षेत्रका दुईसय लाइन टेलिफोन अवरुद्ध भएको छ । स्थानीयले पटक–पटक आग्रह गरेपनि तनहुँ शाखाले मर्मत गरेको छैन ।
समस्या समाधानका लागि पोखरास्थित टेलिकम कार्यालयलाई पत्राचार गरे पनि सुनुवाई नगरेको तनहुँ शाखाले जनाएको छ । पृथ्वी राजमार्गको दायाँबायाँ दुबै तर्फको प्राइमरी लिंकमा खराबी भएका कारण समस्या आएको टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्