३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


म्याग्दीको धार्मिक पर्यटकीय स्थल मालिकामा पुग्यो सडक


0
Shares

म्याग्दी । पश्चिम म्याग्दीको धार्मिक पर्यटकीय स्थल मालिका सडक संजालसँग जोडिने भएको छ । यातायात सुविधामार्फत धार्मिक र आन्तरिक पर्यटक भित्र्याउन मालिका गाउँपालिकाले बिमको बाइन्दफाँट बिम्बाङ हुँदै मालिका जोड्ने सडक निर्माण गरेको हो ।

गाउँपालिकाले बिनियोजन गरेको पचास लाख रुपैयाँ बजेटबाट उपभोक्ता समितिमार्फत सडकको ट्रयाक खोलिएको हो । गत वर्ष विनियोजन भएको आठ लाख रुपैयाँबाट बाइन्दफाँटदेखि करिब दुई किलोमिटरमाथि बिम्वाङ पु¥याइएको थियो ।

यस वर्ष बिम्बाङको काउलेदेखि ६ किलोमिटर दुरीमा रहेको धौलागंगा भन्ने ठाउँसम्म सडक पु¥याइने वडा अध्यक्ष रेशम जुग्जालीले जानकारी दिए । पहिलो चरणमै सात मिटर फराकिलो र प्राबिधिकको सिफारिस अनुसार ग्रेड मिलाएर सडक खनिएको उपभोक्ता समितिका अध्यक्ष रैप्रसाद जुग्जालीले बताए ।